‘एउटै नाउरको सिकार गर्न २३ लाख’

यस्तो छ एमालेको आसन्न महाधिवेशनको कार्यतालिका 

काठमाडौं । नेकपा एमालेले आसन्न महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो मंसिर २ देखि ६ गतेसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका बनाएको हो । ६, १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ ।

जस अनुसार वडा अधिवेशन भदौ ५ मा पालिका अधिवेशन भदौ १५ र जिल्ला अधिवेशन भदौ ३० मा तय गरिएको छ । असोज २३ गते प्रदेश अधिवेशन हुनेछ । सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : ४४ बजे