काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।
राष्ट्रिय सभा संसदीय दलको नेतामा भने बेदुराम भुसाल चुनिएका छन् । प्रमुख सचेतक र सचेतक चयन गर्न भने बाँकी नै रहेको सांसदहरूले बताएका छन् ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक भइरहेको छ । यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एस) को यो पहिलो पटक हो ।
प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार १ : ५९ बजे
प्रतिक्रिया