काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले माधवकुमार नेपालप्रति ब्यंग्य गर्दै कसैले अगाडि धकेल्दा धकेलिने मान्छे पछाडि पनि फर्किनुपर्ने टिप्पणी गर्नुभएको छ ।
‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ रावलले फेसबुकमा लेख्नुभएको छ ।
नेपालले दोस्रो पुस्ताकै नेताहरूका कारण आफूहरू व्रिदोह गर्ने तहसम्म पुगेको र दोस्रो पुस्ताकै नेताहरूले छिटो एमालेबाट अलग हुनुपर्ने भन्दै निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको दाबी गर्नुभएको थियो ।
एमाले सचिव योगेश भट्टराईले पनि आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन नेता नेपाललाई सुझाव दिनुभएको छ ।
प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार १२ : १९ बजे
प्रतिक्रिया