मैले सुख पाउने छाँट छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओावादीमा नेतृत्व लिन तयार कोही नभएको बताएका छन् । 

आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नभएकाले आफुले दुःख पाएको दाहालले बताए  ‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’  शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा दाहालले भने , ‘तर, तपाईहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन ।’
युवाहरु तयार भएपछि आफू अलि भिन्न भूमिकामा जाने तयारीमा रहेपनि छिट्टै भनेको भोलि नै नभएको दाहालले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : २५ बजे