बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन 

नेपालगन्ज ।  बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । 

६२ वर्षीय यादवको गए राति नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा निधन भएको हो । 

रक्तचाप कम भएपछि शुक्रवार साँझ ६ बजे उपचारार्थ भर्ना हुनुभएका यादवको राति १ः०० बजेतिर निधन भएको हो ।

उहाँ २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : ४८ बजे