साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नवलपरासी (पश्चिम) – आफ्नै श्रीमती ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिषयमा उनीहरूबिच झै-झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १ : ४२ बजे