बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

बागमती ।  बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज ९शुक्रबार० आज राति १२ बजेदेखि अन्त्य भएको छ । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको हो । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो । 

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ४ : ३१ बजे