हवाई मार्गहुँदै जिल्ला बाहिरिनेलाई परिचय पत्र अनिवार्य

सिमकोट – सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो ।  

    विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रबधान  गरिएकोे जानकारी दिनुभयो । उहाँका अनुसार अन्य विमानस्थलका यस्तो प्राबधान छ । 

रासस

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ५८ बजे