‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भारतको विशेष विमानलाई उडान गर्न रोक

काठमाडौँ – तालिबानको कब्जापछि असुरक्षित बनेको अफगानिस्तानमा भारतीय वायु सेनाको एक विशेष विमानलाई राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न दिइएको छैन ।

काबुलको हामिद कारजाई विमानस्थलमा भारतीय नागरिकलाई लिन आइपुगेको भारतीय वायु सेनाको विशेष विमानलाई पुनः भारत फर्किन  नदिइएको हो ।

तालिबानले त्यहाँ रहेका १४० जना अफगान सिख, हिन्दु र अन्य यात्रुलाई विमानस्थल जान रोक लगाएको छ । विशेष विमानबाट  उद्धार गर्न विदेश मन्त्रालय र भारतीय वायु सेनासँग समन्वय  हुँदैछ ।​​​​​​​

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ३४ बजे