आफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । आलमको मुद्दामा आज न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आज पेसी तोकिएको छ ।

२०७० सालको आम निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्र रौतहटमा ज्यूँदै मानिसलाई इँटा भट्टामा जलाएको आरोप उनीमाथि छ । उच्च अदालत पाटनको आदेश अनुसार आलमलाई थुनामा रहेका थिए । त्यस्तै उक्त आदेशविरुद्ध आलमले अदालतमा निवेदन दिएका थिए । आलमलाई अदालतको आदेशअनुसार २०७६ साल असोज २६ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १२ : ५२ बजे