रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बुटवल ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ।

लगातारको वर्षाका कारण पूर्वपश्चिम लोकमार्गको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको हो।

पक्की पुल भासिएपछि वैकल्पिक व्यवस्था नभएका कारण सडकमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले  जानकारी दिनुभयो  । पुल भासिएसँगै उक्त सडकखण्ड हुँदै आवतजावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् ।

बिहीबार साँझदेखि परेको पानीले पूर्व–पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध छ।

ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल नगरपालिका–१२ बडेरास्थित रहेको ड्राइभर्सन पनि बाढीले बगाएको  छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : ०२ बजे