साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सन्दीपले बिग बास लिग पुनःहोबार्टबाट खेल्ने

काठमाडौँ – नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्नुहुने भएको छ । 

    अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुनःअनुबन्ध गरेको हो । गत वर्ष पनि उहाँ सोही टोलीमा अनुबन्धित हुनुभएको थियो । होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ । 

    गत वर्षको बिबिएलमा उहाँले आठ खेलमा आठ विकेट लिनुभएको थियो । लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ । लामिछानेले बिबिएलमा हालसम्म तीन वटा संस्करण खेल्दा २९ खेलमा ३४ विकेट लिइसक्नुभएको छ । सन् २०१८ मा पहिलो पटक मेलवर्न स्टार्सबाट बिबिएल खेल्दा उहाँले आठ खेलमा ११ विकेट लिनुभएको थियो । सन् २०१९ मा दोस्रो पटक बिबिएलमा उहाँले १३ खेलमा १५ विकेट लिनुभएको थियो । 

    आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि उहाँ हाल ओमानमा हुनुहुन्छ । उक्त सिरिजका कारण लामिछानेले यस पटकको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता त्याग्नुभएको थियो । यसपटक उहाँले राहदानीको समस्याका कारण बेलायतमा भएको द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउनुपरेको थियो । 

रासस

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १० : ०८ बजे