धरहराबाट उपत्यका नियाल्ने रहर

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गर्नुभएको हो । 

    “कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पु¥याउन समस्या भइरहेको अवस्था छ”, पत्रमा भनिएको छ, “त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नंको व्यवस्था गरिदिन अनुरोध छ ।” 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १२ : ५४ बजे