‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काबुल बिमानस्थलमा आत्मघाती बम विस्फोट, धेरैको ज्यान हताहत 

काठमाडौँ — अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट गराइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ आत्मघाती बिस्फोट भएको हो । 

रोयटर्सका अनुसार विमानस्थलको मुख्य प्रवेशद्वारको केही दायाँतर्फ रहेको अर्को गेट अगाडि बिस्फोट भएको हो । बिस्फोटका बारे अमेरिकाको पेन्टागनका प्रवक्ताले पनि पुष्टि गरेका छन् । अमेरिकालगायत पश्चिमा देश तथा अस्ट्रेलियाले समेत बिहीबार एक सूचना जारी गर्दै काबुल विमानस्थलमा सुरक्षा जोखिम रहेको बताउँदै आफ्ना नागरिकहरुलाई तत्काल विमानस्थल वरपर नजान आग्रह गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ८ : ५३ बजे