माधव नेपाल लगायत अर्को पार्टी बनाउनेलाई पार्टीको अभिलेखबाट हटाउने, यस्ता छन् अन्य निर्णयहरु

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजन गरेर (एकीकृत समाजवादी) गठनमा उभिएका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ । आजको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई पार्टीपाटी निष्कासन गर्ने र अभिलेखकबाट हटाउन निवार्चन आयोगलाई जानकारी गराउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। त्यस्तै नेकपा एमालेले असोज मसान्तभित्र संगठित सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकले भदौ १६ देखि २० गतेसम्म पार्टीमा देखापरेका समस्या समाधान र १० बुँदे भावनाअनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने निर्णय पनि गरेको छ । भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, बैठकले असोज ४, ५ र ६ गते विधान महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

उहाँका अनुसार बैठकले देशैभरीका वडा अधिवेशन ६ कात्तिक र पालिकाहरूको अधिवेशन ९ कात्तिकभित्र गरिसक्ने निर्णय पनि गरेको छ । साथै, आजको बैठकबाट १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय पनि पारित भएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ५ : ०० बजे