साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

मदन भण्डारी इस्पोर्टस एकेडेमी इन्डियाको अध्यक्षमा सिंजाली

नयाँ दिल्ली – खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नारा सहित सुरु गरिएको मदन भण्डारी इस्पोर्टस एकेडेमी इन्डियाको  पहिलो कार्यसमितिको दुइ वर्षे कार्यकाल सकिए सँगै बुधवार होटेल जेनिफिर इन्टरनेशनल, करोलबाग नयाँ दिल्लीमा बसेको बृहत् बैठकले नयाँ कार्यसमितिको गठन गरेको छ। मदन भण्डारी इस्पोर्ट एकेडेमीका प्रवास इन्चार्ज तथा मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डियाका संस्थापक गोपाल थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकले कार्यसमिति गठन गरेको छ ।

पूर्व उपाध्यक्ष कुल बहादुर सिंजालीको अध्यक्षतामा तेह्र सदस्यीय नयाँ समिति गठन गरेको छ।   त्यस्तै एकेडेमीका पूर्व प्रेस संयोजक सुवास बस्नेतलाई  महासचिवमा चयन गरिएको छ। अन्य पदाधिकारीहरूमा क्रमशः पहिलो उपाध्यक्ष पदम गाहा, दोस्रो उपाध्यक्ष एडवोकेट नन्दा शर्मा, सचिवहरूमा निरञ्जन मल्होत्रा र सुस्मिता शर्मा चयन भएका छन् । कोषाध्यक्ष वीर थापा, सदस्यहरूमा हरि रोका मगर, पूर्णराज श्रेष्ठ, निर्मला शर्मा, आस बहादुर सारू, युधिष्ठिर कुमार, र गङ्गा गुरुङ रहेका छन्। 

त्यस्तै एकेडेमीले  तिन सदस्यीय  सल्लाहकार समिति गठन गरेको छ जसमा  प्रमुख सल्लाहकार  कृष्ण शर्मा, विशेष सल्लाहकार कमल पण्डित र सल्लाहकार छविलाल जोशीलाई राखेको ।  

मदन भण्डारी फाउन्डेसन अन्तर्गत सञ्चालित मदन भण्डारी इस्पोर्ट एकेडेमी नेपालले मित्र राष्ट्र भारतमा  वैधानिकता पाएसँगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आयको छ । खेल प्रति अभिरूची भएका तर खेल्ने वातावरण बाट बंन्चित प्रवासी खेल प्रेमी साथीहरूलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने र सहज खेल वातावरण सिर्जना गर्ने उद्देश्य र खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराकासाथ मित्र राष्ट्र भारतमा मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डियाको स्थापना गरिएको हो ।

खेल र खेलाडीहरूको लागि उच्च सम्मान गर्दै आफ्नो खेल सञ्चालनले छोटो समयमा नै धेरै उपलब्धिहरू हासिल गरिरहेको र देशमा मात्र नभएर मित्र राष्ट्रहरुसंग पनि इंडो नेपाल मैत्रीपूर्ण खेलहरू सञ्चालन हुनु पर्छ भन्ने मान्यताका साथ मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डिया आधिकारिक खेल संस्थाको रूपमा स्थापित भएको हो ।

स्मरण रहोस् एकेडेमीले भारत प्रवासमा रहेका भलिबल खेल प्रेमीहरू बिच सन 2017 बृहत् खेल आयोजना गरेको थियो ।  त्यस्तै सन 2019 मा एकेडेमीले "मदन भण्डारी टी-20 क्रिकेट च्याम्पियनसिप 2019" जस्तो बृहत् र ऐतिहासिक कार्यक्रमको आयोजना गरेको थियो । जुन कार्यक्रम नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा र भारतका लागी नेपाली महामहिम राजदूत नीलाम्बर आचार्यको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल प्रसिद्ध इन्द्रेणी कलाकार टिमको समेत उपस्थिति रहेको थियो । जसले प्रवासी खेलाडीहरूमा उच्च प्रोत्साहन र मनोबल बढ्नुका साथै खेल प्रति अभिरुचि देखिएको छ ।

मदन भण्डारी इस्पोर्ट एकेडेमी  इन्डियाले  इन्डो नेपाल मैत्रीपूर्ण  खेल आयोजनाको पूर्व तयारी गरिरहेको र कोभिड सामान्य हुनासाथ खेल आयोजना गरिने प्रवास इन्चार्ज गोपाल थापाले बताउनु भयो  कोभिड महामारीलाइ मध्यनजर राख्दै सानो स्तरमा भेला राख्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।

-सुवास बस्नेत

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ४ : १२ बजे