देउवा सरकारबाट जनताले केही आशा गरेका छैनन् :ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले देउवा सरकारबाट नेपाली जनताले केही आशा नगरेको बताउनुभएको छ । देउवा सरकारले देश र जनताको हित भन्दापनि मुलुकलाई बर्वादि तर्फ लैजाने निश्चित रहेको उहाँले बताउनुभयो ।
पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो ‘माधव नेपाल जुन उद्वेगका साथ उच्छिट्टिएर विपक्षी गठबन्धनमा जानु भाको छ नि, यो कर्मका कारण उहाँ आफैलाई नि पीडा भैरहेको हुनुपर्छ।’

देउवासँग जनतामा जाने हिम्मत नभएकाले गठबन्धनको सरकार बनाएको उहाँले बताउनुभयो । ताजा जनादेशमा जान पथ्र्यो, म जनतामा जान्छु मैले गरेका राम्रा नराम्रा कामको फैसला जनताले गरुन भन्नु जस्तो उत्तम कुरा अरु के हुन्छ ? उहाँको प्रश्न थियो । 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ४ : ०६ बजे