‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जनगायक जेबी टुहुरेको निधन

काठमाडौं । जनगायक  जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उहाँलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो । डेढ सयभन्दा बढी गीत गाउनुभएको टुहुरेका सबैभन्दा चर्चित गीत – ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ जस्ता गीतहरु लोकप्रिय छन् । 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १ : ०४ बजे