माधवसमूह बाहिरिएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

दिउँसो १२ बजेदेखि तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक सुरु भएको हो । नेकपा एमालेबाट माधव नेपाल बाहिरिएपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो ।

बैठकले विधान महाधिवेशनका लागि विभिन्न समितीहरु गठन गर्ने र नेताहरुको कार्यविभाजन गर्ने स्थायी कमिटीका एक सदस्यले जानकारी दिनुभयो । पार्टीका कमिटीलाई २०७५ जेठ २ मा फर्काएपछि नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेरको निर्णय आजको बैठकले गर्ने सम्भावना छ ।

आजको बैठकले पार्टी विभाजनको आजको बैठकले पार्टी विभाजनको पक्षमा लागेका माधव नेपाल सहितका १४ जना सांसद र ५५ जना केन्द्रीय सदस्यलाई कारबाही गर्ने भएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १२ : ५२ बजे