प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिनुभयो पदबाट राजीनामा, भीम आचार्य मुख्यमन्त्री बन्दै

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिनुभएको छ । नेकपा एमाले प्रदेश १ को संसदीय दलको आज बसेको बैठकमा आफूले राजीनामा दिएको राईले चक्रपथलाई बताउनुभयो । आफनो प्रस्तावमा भीम आचार्य दलको नेतामा सर्वसम्मत चयन हुनुभएको उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यलाई आजै मुख्यमन्त्रीमा शपथ गराउने तयारी थालिएको छ । 

 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १२ : ०२ बजे