काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
स्थायी समिति बैठकले गरेका निर्णयलाई अनुमोदन गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा आज दिउँसो १२ बजे बैठक बस्न लागेको उहाँले बताउनुभयो ।
बैठकमा पार्टी फुटको प्रभाव, पार्टीको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयन लगायत समसामयिक राजनैतिक विषयमा छलफल हुने बताइएको छ ।
यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गत असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको संरचनालाई २०७५ जेठ २ कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।
एमालेले आगामी मङ्सिरको दोस्रो साता दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ ।
प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार ८ : २० बजे
प्रतिक्रिया