साफ यू–१७ च्याम्पियनसिप आजदेखि

हेलम्बु–मेलम्ची बाढी प्रभावितका लागि आजदेखि कोरोना विरुद्धको खोप लगाइने

सिन्धुपाल्चोक ।  हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोना विरुद्धको खोप उपलब्ध गरिएको छ । 

आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाईले बताउनुभयो । 

बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लागिएको हो । खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ६ : ५७ बजे