साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

सचेत गराउने छानबिन समितिको सिफारिसपछि पद छाड्ने अल्मुताइरीको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूले टिम छाड्ने घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म छाड्छु, राजनीति गर ।’

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षको नाम लिएर उनकै कारण आफूले प्रशिक्षको पद छाड्ने बताएपछि सो प्रकरण छानबिनका लागि गठन गरिएको समितिले प्रतिवेदन राखेपलाई बुझाएको छ ।

बुधबारै समितिले राखेपलाई बुझाएको प्रतिवेदनमा प्रमुख प्रशिक्षक अल्मुताइरीलाई सचेत गराउन सिफारिस गरिएको छ । सो प्रतिवेदन सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूले पद छाड्ने बताएका हुन् ।

छानबनि समितिले सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन सिफारिस गरेको छ । साफ च्याम्पियनसिपको तयारी रहेको नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने अन्तिम तयारी गर्दा प्रशिक्षक अल्मुताइरीले फेरि विवाद सिर्जना गरेका छन् । यसअघि उनले टिम छाड्ने बताएका थिए । तर त्यतिबेला उनलाई पद नछाड्न मनाइएको थियो । अब उनले घोषणालाई कार्यान्वयन गर्छन् कि गर्दैनन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : १२ बजे