‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोरोना संक्रमित पूर्व रानी कोमल शाहको स्वास्थ्य गम्भिर बन्दै, प्लाज्मा थेरापीबाट उपचार गरिदै

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बनेकी पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ। थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचाररत पूर्व रानी कोमलको बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जनाएको छ। उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य भएको अस्पतालले जनाएको छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । भारतको कुम्भ मेलाबाट फर्किएलगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहसँगै कोमल पनि कोरोना संक्रमित भएकी थिइन्। 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : १६ बजे