‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

माधवको पक्षमा ५५ केन्द्रीय सदस्य र २९ सांसदको हस्ताक्षर (सूचीसहित)

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममा नेकपा एसका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । निवेदनको बेला हस्ताक्षर नगरेका ४ जना सांसद आज थपिएपछि अहिले आयोगमा यस विषयमा छलफल जारी छ । सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदा भट्ट आयोगमा उपस्थित भए पछि उनहिरुको सनाखदबारे विवाद भएको हो । 

वरिष्ठ नेता झलनाथ खनालको नयाँ दिल्लीबाटै सनाखत गरिएको छ। आज भएका हस्ताक्षरमध्ये ९ जना केन्द्रीय सदस्य एमालेले कार्वाही गरेका सदस्य हुन् भने १४ जना सांसद एमालेले बर्खास्त गरिसकेका सांसदहरु हुन् । यी मध्ये ८ जना सांसद राष्ट्रिसभाका हुन् । 

प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : ४९ बजे