ताप्लेजुङ इन्चार्ज भाष्कर काफ्लेले छाडे माधवको काँध, सनाखत गर्न गएनन्,एमालेमै रहने

काठमाडौं । नेकपा एमाले विभाजनका लागि हस्ताक्षर गर्नुभएका केन्द्रीय सदस्य भाष्कर काफ्ले सनाखतका लागि निर्वाचन आयोग नजाने हुनुभएको छ । उहाँले पार्टी विभाजनमा साथ नदिने र केपी ओली नेतृत्वको नेकपा एमालेमै रहने बताउनुभएको छ । ।

एमालेको अन्तरसंघर्षमा लामो समय माधव नेपालसँगै रहेका काफ्ले ताप्लेजुङ जिल्ला इन्चार्ज समेत हुनहुन्छ । पार्टी विभाजनका दौरानमा दोस्रो पुस्ताका अधिकांश नेता एमालेमै रहने निश्चित भएपछि काफ्ले पनि एकताकै पक्षमा उभिनुभएको हो । ‘‘दश बुँदे सहमति कार्यान्वयनबाटै एमाले एकता जोगाउने निष्कर्षमा पुगेका छौँ । विभाजनभन्दा सङ्घर्ष र सहकार्यबाटै अघि बढ्नु उपयुक्त लाग्यो’, काफ्लेले बताउनुभयो ।

 

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : ०१ बजे