सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपालसहितका नेताहरू

काठमाडौँ ।  नयाँ पार्टी दर्ताका लागि नेकपा एकीकृत समाजवादीका नेताहरू अहिले निर्वाचन आयोग पुगेका छन्। 

निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई आज सनाखतका लागि बोलाएको थियो।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य केही बेरअघि आयोग  पुग्नुभएको हो ।  नेपालसहितका नेताहरू  सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बस्नुभएको थियो। उहाँहरू आज चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग जानुभएको हो ।

नयाँ दल दर्ताका लागि आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ ।  बिहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरूले सनाखत गर्नुपर्नेछ ।

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ११ : ४६ बजे