काँग्रेसका १४औँ महाधिवेशनबारे छलफल गर्न संस्थापन इतर समूहका नेताहरूको बैठक चाक्सीबारीमा

काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनबारे छलफल गर्न संस्थापन इतर समूहका नेताहरू ठमेलको चाक्सीबारीमा भेला भएका छन्। 

वरिष्ठ नेता पौडेलले बोलाउनुभएको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सुरु भएको हो।

बैठकमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री सिंहसँगै महामन्त्री डा.शशाङ्क कोइराला, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, जीवन परियारलगायत उपस्थित हुनुहुन्छ ।

बैठकमा आसन्न महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा  जारी आफू पक्षीय जिल्ला सभापतिहरूको आन्दोलनबारे छलफल भइरहेको बताइएको छ  । 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ११ : २५ बजे