एमाले महाधिवेशन मङ्सिर १० गते गर्ने एमाले स्थायी कमिटीको निर्णय 

काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकले एमालेको   दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले आजको बैठकले पार्टीका सबैप्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन निर्देशन गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले  निर्णय कार्यान्वयनमा पर्ने समस्या समाधान गर्नका लागि महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथाा लेखराज भट्ट समस्या समाधन गर्ने कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।

बैठकले एमालेको विधान महाधिवेशन यही असार ४, ५ र ६ गते काठमाडौँमा गर्ने  निर्णय गरेको छ ।
एमालेको स्थायी कमिटि बैठकले माओावादीबाट एमालेमा आउनुभएका नेता तथा कायृकर्ताहरुलाई नेकपाको एकता कार्यकालमा जुन जिम्मेवारी प्रदान गरिएको छ त्यही जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ६ : १६ बजे