‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पा । पाल्पामा कोरोना संक्रमित एक  महिलाको मृत्यु भएको छ । 

पूर्वखोला गाउँपालिका-६, हेक्लाङ्का की ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

मृगौला सम्बन्धी समस्याबाट पीडित महिलाको बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

योसँगै पाल्पामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : ४६ बजे