एमाले स्थायी कमिटी बैठक सुरु, नेपाल पक्षीय १० स्थायी कमिटी सदस्य सहभागी 

काठमाडौं– नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको बैठकमा माधव कुमार नेपाल पक्षीय १० स्थायी कमिटीका सदस्यहरु पनि सहभागी हुनुभएको छ । 

माधव पक्षका १४ स्थायी कमिटी सदस्यमध्ये अमृत बोहरा, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तले नेपाललाई आजैबाट औपचारिकरूपमा छाड्नुभएको हो ।

नेता नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता भने ओली र नेपाल दुवैतिर खुलिसक्नुभएको छैन । कतिपय नेताहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आइरहनुभएको छ । यसअघि हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूको छलफलपछि आजको लागि बैठक बोलाइएको हो । प्रतिनिधिसभा विघटन भएपछि उनीहरू अध्यक्ष ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ४ : ०० बजे