म एमालेको उपाध्यक्ष हुँ, कतै गएको छैनः मुख्यमन्त्री शाक्य 

काठमाडौं । बाग्मती प्रदेशकी नबनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफु नेकपा एमालेमै रहेको स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘म एमालेको उपाध्यक्ष हुँ, माधव नेपालको नयाँ पार्टीमा छैन ।’ 
माधव नेपाललाई नयाँ पार्टी नखोल्न आग्रह गर्दा पनि उहाँ जानुभएकाले अहिले समस्या देखिएको शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समस्या जहाँ पनि हुन्छ, त्यसका लागि वैचारिक संघर्ष गर्ने हो ।’ नेताहरु नमिल्दा समस्या झन बढदै गएको भन्दै उहाँले आफु एकताको पक्षमा दृढताका साथ लागिरहने बताउनुभयो ।
 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  २ : २३ बजे