काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बैठक बोलाइएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँग हिजो बालकोटमा छलफल गरेपछि आजका लागि स्थायी कमिटी बैठक बोलाईएको हो । आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजाने बिषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार ६ : १७ बजे
प्रतिक्रिया