‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । भोलिको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजाने बिषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : २४ बजे