‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

देउवाको विकल्प खोज्न यी नेता जुटे छलफलमा

काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक सकिएको छ । सभापतिका आकांक्षी बनेका पौडेल–कोइराला समूहका नेताहरु १४ औं महाधिवेसनमा सभापतिको साझा उमेदवार खोज्न छलफलमा जुटेका हुन् । 

पौडेलपक्षबाट सभापतिका आंकाक्षी रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहबीच एउटै उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक बतीसपुतलीको अनुपम फुडल्याण्डमा बसेको हो ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणसिंह बस्नेतको संयोजकत्वमा बसेको बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा आंकाक्षीबीच छलफल भएको बताइएको छ । उक्त बैठकमा सहभागी एक नेताका अनुसार साझा उम्मेदवार चयनका लागि पटक पटक रणनैतिक बैठक बसेर समूहबाट साझा उम्मेदवार बनाउने सहमति भएको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, सुजाता कोइराला, अर्जुन नरसिंह केसी, रामशरण महत्त, बलबहादुर केसी, जीवन परियारलगायतका नेताहरु सहभागी थिए ।

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १ : १६ बजे