‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

माधव नेपाल छाडेका नेताहरु बालकोटमा, १० बुँदे सहमति कार्यन्वयनमा छलफल

काठमाडौं– माधव नेपालको नयाँ दलविरुद्ध उभिएका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

एमाले उपाध्यक्ष भीम रावल र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भूसाल, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरु बालकोट पुग्नुभएको छ । उहाँहरुले १० बुँदे सहमति कार्यान्वयनको मोडालिटीबारे छलफल गर्ने कार्यक्रम छ ।

माधव नेपाल छाडेका ५७ जना नेताहरुले अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेता नेपाललाई नयाँ दल दर्ताबाट पछि हट्न सुझाव दिँदै आएका छन् ।

‘निरन्तरको प्रयासले उहाँहरु बालकोट पुग्नुभएको छ,’ एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले भन्नुभयो, ‘पार्टीले अनुमोदन गरिसकेको १० बुँदे कार्यन्वयनमा लैजादा पार्टीभित्र सहमति कायम हुन्छ । त्यसमा अध्यक्ष सकारात्मक हुनुहुन्छ ।’ एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरिसकेकाले अब कार्यान्वयनमा कुनै समस्या नरहेको अध्यक्ष ओलीपक्षका नेताले बताउँदै आएका छन् । 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ११ : १९ बजे