‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अग्नी सापकोटाको कार्यशैलीले सभामुख पदको बदनाम भयो : रमेश पौडेल

भदौ । नेपाल खेलकुद महासंघका अध्यक्ष एवं युवा संघ नेपालका पूर्वअध्यक्ष रमेश पौडेलले सभामुख अग्नी सापकोटाको कार्यशैलीले सभामुख पदको बदनाम भएको आरोप लगाउनु भएको छ । नेपाल खेलकुद महासंघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमालेले १४ जनालाई कारबाही गरेर विभाजन रोक्न खोज्यो तर प्रचण्डको तामेलीकता सभामुख बनेर कारबाही गर्न ढिला गरेको दावी गर्नुभयो ।

सभामुख जस्तो सम्मानित पदलाई बदनाम गर्ने काम भैरहेको छ उहाँले भन्नुभयो ‘सभामुखले राजीनामा दिएर पार्टीको काम गर्नसक्छन तर त्यो पदमा बसेर बदनाम गर्न मिल्दैन् । सभामुख कि सच्चिनुपर्छ कि पद छाडनुपर्छ ।’ सभामुखको कार्यशैलीले उहाँलाई फाइदा नहुने र असक्षम सभामुख बन्ने दावी गर्नुभयो । अहिले सेटिङमा प्रचण्ड र उनका कार्यकर्ताहरु लागेर एमाले फुटाउने प्रयास भएको बताउनुभयो ।

सरकार र सभामुखका विरुद्धमा सडक र सदन दुबैबाट प्रतिबाद गरिने अध्यक्ष पौडेलले चेतावनी दिनुभयो । उहाँले अब एमालेलाई जनताको पार्टी बनाउदै सशक्त ढंगले विकास र समृद्धिको स्पष्ट योजना सहित अगाडी बढाउने बताउनुभयो ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ९ : ०२ बजे