भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

थप १ हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि, २४ को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १२ हजार ५१६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप २ हजार २४८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३८ हजार ७५१ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २४ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल १० हजार ५०९ जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ४ : २० बजे