साफ यू–१७ च्याम्पियनसिप आजदेखि

लुम्बिनीमा जसपाका चार सांसद पदमुक्त

बुटवल । जनता समाजवादी पार्टीका ४ जनाको सांसद पद गुमेको छ।

जनता समाजवादी पार्टी संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव,र कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाइ पदमुक्त गरेको हो ।
यसअघि उनीहरूलाई पार्टीले २४ घण्टे स्पष्टीकरण पत्र सोधेको थियो। त्यसको जवाफ नदिएपछि संसदमा सदस्य नभएको पत्र जसपा संसदीय दलले सचिवालयमा दर्ता गराएको थियो।

सोहीअनुसार लुम्बिनी प्रदेशसभाले बिहीबार सूचना टाँस गर्दै उनीहरू प्रदेशसभा सदस्य नरहेको जनाएको छ।

 

यसैबीच चार सांसदलाई पदमुक्त गर्ने निर्णयमा जसपाको महन्थ ठाकुर पक्षको असहमति रहेको पाइएको छ । बाबुराम भट्टराई र उपेन्द्र यादवले पत्र पठाएर उनीहरूलाई कारवाही गरेको भन्दै ठाकुर पक्षले केन्द्रीय कार्यकारीणी समितिको बैठक नै नबसेको र आफूहरूको त्यसमा सहमति नभएको भन्दै अर्को पत्र पठाइसकेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : ४६ बजे