‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबारदेखि सञ्चालन हुँदै

मकवानपुर – मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबार बिहानदेखि पुनः सञ्चालन हुने भएको छ । 

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि रु १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो । वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उहाँले जानकारी दिनुभयो । 

रासस

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ५१ बजे