‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कलाकार शम्भुराज थापा ‘बखते’ को कोरोना संक्रमणबाट निधन

काठमाडौं । कलाकार शम्भुराज थापा ‘बखते’ को कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरको पाटन अस्पतालमा उपचाररत थापाको आजराती ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सङ्क्रमण पुष्टि भएपछि १९ दिन अघि थापा अस्पताल भर्ना हुनुभएको थियो ।

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आउनुभएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन, चलचित्रमा समेत अभिनय गर्नुभएको छ । उहाँको परिवारमा सवै कोरोना संक्रमित छन् । उहाँको श्रीमती, एक छोरा र एक छोरी छन् । उहाँको आजै आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । 

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ७ : २९ बजे