साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सरकारले सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन बिक्री केन्द्र संचालनमा ल्यायो

काठमाडौं – निषेधाज्ञाको समयमा सरकारले दैनिक उपभोग्य वस्तु सहजै उपलब्ध गराउन उपत्यका भित्र ४ ठाउँमा बिक्री केन्द्र संचालनमा ल्याएको छ ।

निषेधाज्ञाको समयमा कालोबजारी र कृतिम अभाव हुनसक्ने कुरालाई ध्यानमा राख्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले  बिक्री केन्द्र संचालन गरेको हो । कम्पनीले काठमाडौँको थापाथली, रामशाहपथ ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा आफ्नो बिक्री कक्ष राखेर उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने छ ।

कम्पनीले भक्तपुरको सूर्यविनायक तथा काठमाडौँको रामशाहपथ केन्द्रबाट बिहान ७ देखि ११ बजेसम्म र ललितपुरको नख्खु केन्द्रबाट बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खाद्यान्न बिक्री गर्ने जनाएको छ ।

कम्पनीले खाद्यान्न सामानको नि:शुल्क होम डेलिभरीको बेवास्था गर्नुका साथै नेपाल फुड तथा सस्तो डिलमार्फत अनलाइन अर्डर गर्न  सकिने व्यवस्था समेत मिलाएको छ ।

 

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : ०५ बजे