‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमालेका निष्कासित १४ सांसदलाई पदमुक्त गर्न आजपनि सभामुखलाई दबाब

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गरेर निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न एमालेले आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिएको छ ।

आज कार्यालय समय शुरु हुनासाथ एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका हुन् । सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा, थममाया थापा,निरु पाल, भगवती न्यौपाने, सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका छन्  ।

पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । बुधवार प्रमुख सचेतक विशाल भट्टराईसहितले औपचारिक रुपमा सभामुखलाई कारवाही प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको थियो। सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताउँदै आउनुभएको छ । एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ । सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको छ । कानून बमोजिम संसद नचलेको बेला सम्बन्धित दलले निष्कासन गरेको पत्र सूचना पाटीमा टाँस्नपर्ने व्यवस्था छ । तर सभामुख सापकोटाले अटेर गर्दै आउनुभएपछि उहाँको तिब्र आलोचना भईरहेको छ । हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुख सापकोटा माओवादीको कार्यकर्ता भएको आरोप लगाउनुभएको थियो । यसअघि माओवादी र जसपाले कारवाही गरेका सांसदलाई सभामुखले तत्कालै पदमुक्त गरेको तर एमालेले कारबाही गरेको पत्र चारदिन बितिसक्दा पनि सुँचना नटासेको भन्दै सभामुखको आलोचना भएको हो ।

तस्विर शान्ता चौधरी

​​​​​​​​​​​​​​

 

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : ०१ बजे