‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

माधव समूहका युवा संघ उपाध्यक्ष रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई नियुक्त गरेको छ । एमाले समाजवादीका युवा नेता तथा नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरन्जन झालाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले महाप्रवन्धक नियुक्त गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई नयाँ सरकारले स्पष्टीकरण सोधेपछि उहाँले स्पष्टीकरण नदिई राजीनामा दिनुभएको थियो । एमाले फुटाएर एमाले समाजबादी गठन गरेपछि माधवकुमार नेपाल पक्षले धमाधम नियुक्ति पाउन थालेको छ । यसअघि हिजैको मन्त्रिपरिषद बैठकले वागमती प्रदेश प्रमुखमा माधवपक्षीय यादव शर्मालाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ३५ बजे