साफ यू–१७ च्याम्पियनसिप आजदेखि

माथिल्लो तामाकोशीको मुख्य सुरुङमा पानी खसालियो

काठमाडौँ – राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सूरुङमा आजबाट पानी खसाल्ने कामको शुभारम्भ गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले आज संयुक्त रुपमा सूरुङमा पानी पठाउने कार्यको शुभारम्भ गर्नुभएको हो ।

मन्त्री गुरुङले स्वदेशी लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुग्नु आफैमा सुखद कुरा रहेको बताउनुभएको छ । 'यो सँगै नेपाल राष्ट्र र नेपाली जनताले विद्युत निर्यातको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गौरवको अनुभूति पनि गर्न पाउनेछ' मन्त्री गुरुङले बताउनुभयो ।दोलखाको लामावगरमा रहेको ४५६ मेघावाटको जलविद्युत्  आयोजना हालसम्मकै सबैभन्दा ठूलो नेपाली लगानीको परियोजना हो ।

मन्त्री गुरुङले सम्माननीय प्रधानमन्त्रीज्यूको मार्ग निर्देशन, माननीय उर्जामन्त्री टोपबहादुर रायमाझीज्यूको कुशल नेतृत्व तथा आयोजना निर्माणमा संलग्न सबैको अथक मेहनतप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

अब केहीदिनभित्रै उक्त आयोजनाबाट विद्युत उत्पादन हुने र त्यसको शुभारम्भ सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ५ : ०१ बजे