काठमाडौं । प्रदेश सभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको छ ।
प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सोको जानकारी प्रदेश प्रमुखलाई दिइसकिएको र आजै सपथ खुवाउने तयारी भएको सचिवालयले जनाएको छ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएको मन्त्रालय फुटाउने निर्णय गरेको थियो।
गुरुङ स्वतन्त्र सांसद हुनुहुन्छ ।
प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार ४ : ३८ बजे
प्रतिक्रिया