‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दल फुटाउने अध्यादेशले लोकतन्त्र र संघीयताको रक्षा गर्छ : प्रचण्ड

काठमाडौँ  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्नका लागि गठबन्धनको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको बताएका छन् । 
समाजवादी केन्द्रले काठमाडौंमा बिहीबार आयोजना गरेको कार्यक्रममा मंगलबार बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिलेको अध्यादेशको उद्देश्य संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नका लागि ल्याइएको दाबी गरे ।
र्काक्रमा बोल्दै दाहालले भने, ‘अध्यादेशको विषयमा अहिले डिबेट भएको छ । पहिला र अहिलेको अध्यादेशबीचमा आकाश जमिनको फरक छ । एउटै जसरी बुझियो,’ उनले भने, एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र,संविधान र गणतन्त्रलाई सिध्याउनु थियो हाम्रो चाँही उद्देश्य चाँही प्राप्त उपलब्धीहरुको रक्षा गर्नु हो ।’

अघिल्लो सरकारले राजनीतिक दलसम्बन्धी अभ्यादेश ल्याउँदा चर्को विरोधमा उत्रिएका दहालले अहिले बोली फेरिरहेका छन् । एमाले विभाजनका लागि ल्याइएको अध्यादेशको अहिले उनी जहाँकही तारिफ गरिरहेका हुन्छन् । 
 २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरुले मिलेर पार्टी फुटाउने व्यवस्था अध्यादेशमा राखिएपछि अहिले अध्यादेशको चौतर्फी विरोध भइरहेको छ । 
चौतर्फी विरोध हुन थालेपछि दाहाल आफुले एक बर्ष अगाडी बोलेको कुरालाई लुकाउनै ब्यस्त देखिन्छन् । 
सरकार गिराउनकै लागि दलिय व्यवस्थालाई नै समाप्त पार्न उद्द्त प्रचण्ड यत्तिखेर माधव नेपालको नाउँमा अर्को पार्टी बनाएर गठबन्धनको सरकार टिकाउने जाँलझेलमै ब्यस्त छन् । 

 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  २ : २५ बजे