‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कोरोना संक्रमणबाट बिज्ञापन बोर्डका अर्का सदस्यको पनि निधन

काठमाडौं । विज्ञापन बोर्डका सदस्य एवं राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको उपचारको क्रममा नेपाल एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका अध्यक्ष पनि हुनुहुन्थ्यो। संविधानसभा सदस्य समेत रहनुभएका शेरचन विभिन्न संघसंस्थमा आबद्ध हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी छन् । दिउँसो ११ वजे पशुपति आर्यघाटस्थित अन्तिम संस्कार गरिने परिवारले जनाएका छ । यसअघि विज्ञापन बोडकै सदस्य चन्द्र न्यौपानेको पनि कोरोना संक्रमणबाट निधन भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  १० : ११ बजे