‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पहिलो महिला मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यको शपथ

काठमाडौं । वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले शपथ ग्रहण गर्नुभएको छ । 

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गर्नुभएको छ । उहाँले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो। शाक्य पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ ।
 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : ५४ बजे