‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रदिप नेपालले भने,‘माधव नेपालको पार्टीमा गएको छैन’ 

काठमाडौं । नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्यमा आफनो नाम समावेश भएपछि नेता प्रदिप नेपालले आफू त्यसमा नरहेको बताउनुभएको छ । नेता नेपालले माधव नेपालले दर्ता गरेको एमाले समाजवादीले केन्द्रीय सदस्यमा राखेको आपत्ति जनाउनुभएको छ ।

केन्द्रीय सदस्यको सूची सार्वजनिक भएलगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै आपत्ति जनाउनुभएको हो ।

‘नेकपा एमालेभित्रको झगडामा म कतै छैन । म मार्क्सवादी हुँ, त्यसैले म आफ्नो व्यक्तिगत स्वतन्त्रता कसैको अधिन राख्न सक्दिन,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल नेकपा र हालको एमालेको विवादमा दुवै पक्षमा खुल्नुभएको छैन ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : ३२ बजे